detail-img

समाजमा वैरभाव र निराशा फैलाउने प्रवृत्तिविरूद्ध एकजुट हुन आह्वान

२४ असोज (२०८१), काठमाडौं । नेकपा (एमाले)ले समाजमा वैरभाव र निराशा फैलाउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुन पार्टीपङ्क्तिलाई आह्वान गरेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको ३८औं बैठकले समाजमा निराशा, नकारात्मकता, विद्वेष फैलाउने प्रवृत्ति देखापरेको भन्दै देश बनिरहेको छ भन्ने सकारात्मक सन्देशकासाथ लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टीपङ्क्तिलाई आह्वान गरेको हो । 
बैठकले हालैको बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना, राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसङ्गठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन आह्वानसमेत गरेको छ  ।  
बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा निर्माण गर्ने निर्णय गरेको छ ।  मदन भण्डारी स्मृति भवनको नाममा केन्द्रीय कार्यालय भवन बन्न लागेको हो ।