आमनिर्वाचन २०४८

मुलतः तेस्रो महाधिवेशन र चर्चित दरभंगा प्लेनमपछि विभिन्न धारा, समूह र गुटमा तितरबितर भएको नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्दै २०३२ जेठमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (माक्र्सवादी–लेनिनवादी), छोटकरीमा को–अर्डिनेसन केन्द्र (कोके) स्थापना, माओत्सेतुङको जन्म दिन पारेर १९७८ डिसेम्बर २६ (२०३५ पुस ११) मा नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) स्थापना, २०४७ पुस २२ मा माले–माक्र्सवादीबीचको एकतापछि बनेको नेकपा (एमाले) कम्युनिस्ट आन्दोलनको मूलप्रवाह मात्र नभएर नेकपाको निरन्तरता हो ।

२०४६ को जनआन्दोलनको पहलकर्तामध्यको एक महत्वपूर्ण हिस्सा नेकपा (माले) थियो, जसको पहलमा संयुक्त वाममोर्चा बन्यो र नेपाली काङ्ग्रेससँगको लामो छलफलपछि वाम–प्रजातान्त्रिक शक्तिहरु मिलेर संयुक्त जनआन्दोलन घोषण भयो । आन्दोलनका सामु राजतन्त्र झुक्यो र संवैधानिक राजतन्त्रसहितको बहुदलीय ब्यवस्थाको घोषणा भयो र २०४७ असोज २३ मा नयाँ संविधान बनेपछि मुलुकमा आमनिर्वाचन हुने सुनिश्चितता भयो ।

नेपाल अधिराज्यको संविधान– २०४७ ले व्यवस्था गरे अनुसार संसद्को तल्लो सदन प्रतिनिधिसभाको २०५ सदस्यका लागि २०४८ वैशाख २९ गते देशभर एकैसाथ निर्वाचन सम्पन्न निर्वाचनमा १८ वर्ष उमेर पुुगेका ६५.१५ प्रतिशत अर्थात ७२,९१,०८४ मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरेका थिए । यस निर्वाचनमा कुल मतदाता सङ्ख्या १,११,९१,७७७ थियो, जसमध्ये ९५.५८ प्रतिशत अर्थात् ६९,६९,०६१ मत सदर भएको थियो भने ४.४२ प्रतिशत अर्थात ३,२२,०२३ मत बदर भएको थियो । निर्वाचनमा विभिन्न २० पार्टीका र स्वतन्त्र गरी जम्मा १,३४५ जना उम्मेदवार खडा भएका थिए । यो निर्वाचनमा ११० सिट जितेर नेपाली काङ्ग्रेसले बहुुमत प्राप्त ग¥यो भने ६९ सिट जितेर नेकपा (एमाले) प्रमुख प्रतिपक्ष दल बन्न पुुग्यो । नेपाली काङ्ग्रेसले कुल मत २७,५२,४५२ मत अर्थात् ३७.७५ प्रतिशत मत प्राप्त गरेको थियो भने नेकपा (एमाले)ले जम्मा २०,४०,१०२ मत अर्थात २७.९८ प्रतिशत मत प्राप्त गरेको थियो । नेकपा (एमाले) ले जितेका ६९ सिटमध्ये अधिकांशमा नेपाली काङ्ग्रेसका उम्म्ेदवारहरुलाई जितेको थियो भने पराजित भएका सबैजसो स्थानमा काङ्ग्रेसँग प्रतिद्वन्द्विता रहेको थियो । यस तथ्यका अनुसार यो चुनावमा नेकपा (एमाले) र नेपाली काङ्ग्रेस मुख्य प्रतिस्पर्धी रहेका थिए ।

क्र.स. पार्टीको नाम विजयी संख्या उम्मेदवार संख्या प्राप्त मत प्रतिशत
नेपाली काङ्ग्रेस ११० २०४ २७,५२,४५२ ३७.७५
नेकपा (एमाले) ६९ १७७ २०,४०,१०२ २७.९८
राप्रपा (चन्द) १५४ ४,७८,६०४ ६.५६
राप्रपा (थापा) १६३ ३,९२,४९९ ५.३८
संयुक्त जनमोर्चा नेपाल ६९ ३,५१,९०४ ४.८३
नेपाल सद्भावना पार्टी ७५ २,९८,६१० ४.१०
नेकपा (प्रजातन्त्रवादी) ७५ १,७७,३२३ २.४३
नेपाल मजदुर किसान पार्टी ३० ९१,३३५ १.२५
नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा ५० ३४,५०२ ०.४७
१० नेकपा (बर्मा) ३५ १६,६९८ ०.२३
११ जनता दल(सप्र) १५ ५,७६० ०.०८
१२ नेपाल राष्ट्रिय जनपार्टी ५७३२ ०.०८
१३ नेकपा (अमात्य) १५ ४,८४६ ०.०७
१४ राष्ट्रिय जनता पार्टी (एच) २८ ४,४०६ ०.०६
१५ राष्ट्रिय जनता पार्टी, नेपाल १४ ४,२८० ०.०६
१६ नेपाल कन्जरभेटिभ पार्टी २,५६२ ०.०४
१७ बहुजन जनता दल - २,०१२ ०.०३
१८ जनवादी मार्चा नेपाल १४ १,५१८ ०.०२
१९ एकता पार्टी - ९४ ०.००
२० दलित मजदुर किसान पार्टी ९२ ०.००
२१ स्वतन्त्र १९ ३,०३,७२३ ४.१७
  जम्मा २०५ १३४५ ७२,९१,०८४ १००

उपरोक्त २० राजनीतिक दल मध्ये नेकपा (एमाले), संयुक्त जनमोर्चा नेपाल, नेकपा (प्रजातन्त्रवादी), नेपाल मजदुर किसान पार्टी, नेकपा (बर्मा), नेकपा (अमात्य) नेकपाकै बिभिन्न घटक थिए । त्यस निर्वाचनमा वामपन्थी दलहरुले जितेको कुल संख्या ८२ हुन जान्छ ।

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।