मिसन ग्रासरुटः बारामा जनसंगठनसँग छलफल

 

कलैया । पार्टी सुदृढीकरण तथा विस्तार अभियानका लागि नेकपा (एमाले) ले सुरु गरेको ‘मिसन ग्रासरुट’ अन्तर्गत बारामा खटिएका केन्द्रीय प्रतिनिधिले जनसंगठनसँग छलफल गर्नुभएको छ । 
कृषि तथा पशुपंछि विकास मन्त्री तथा पार्टीका पोलिटव्यूरो सदस्य ज्वालाकुमारी साह, पोलिटव्यूरो सदस्य अच्युत मैनाली, नेकपा (एमाले) बाराका सचिव अध्यानन्द पाण्डेलगायतको उपस्थितिमा २३ वटा जनवर्गीय संगठनका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीसँग छलफल गरिएको छ । 
छलफलमा पार्टीका पोलिटव्युरो सदस्यद्वय मैनाली र साहले ग्रासरुट अभियानलाई सफल बनाउनका निम्ति जनसंगठनलाई प्रभावकारी ढङ्गले परिचालन गर्न आग्रह गर्नुभएको थियो । 
ग्रासरुट अभियान प्रभावकारी बनाउनका लागि जनसंगठनको भूमिका महत्वपूर्ण रहने भन्दै केन्द्रीय प्रतिनिधि अरविन्द सिंहले छलफल आयोजना गर्नुभएको हो । उहाँ जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र बिश्रामपुर गाउँपालिकामा खटिनुभएको छ ।  
आफू खटिएका पालिकासँगै जिल्लाका सबै स्थानीय तहमा खटिने केन्द्रीय प्रतिनिधिलाई ग्रासरुट अभियान सफल बनाउन जनसंगठनलाई नेता सिंहले आग्रह गर्नुभयो । अभियान अन्तर्गत फागुन २० गतेभित्र सबै जनसंगठनका जिल्ला बैठक बोलाउने र ग्रासरुटका विषयमा छलफल गर्ने निर्णय भएको छ ।