मिसन ग्रासरुटः विभिन्न जिल्लामा बैठक तथा भेला

 

काठमाडौं । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत शुक्रबार र शनिबार विभिन्न जिल्लामा बैठक, भेला लगायत विविध गतिविधि सम्पन्न भएका छन् ।

 

सिन्धुपाल्चोक

 

सिन्धुपाल्चोकमा पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा शनिबार क्षेत्रीय भेला सम्पन्न गरिएको छ ।

नेकपा (एमाले) सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ का अध्यक्ष विष्णुमणि आचार्यको अध्यक्षतामा सम्पन्न क्षेत्रीय भेलामा उपाध्यक्ष पाण्डेसहित पार्टी स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, सोम मिश्र, निर्मल भट्टराई र माधव ढुङ्गेल तथा जिल्ला अध्यक्ष कमल नेपाललगायतले समसामयिक राजनीतिक विषय र मिसन ग्रासरुट अभियानबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमका संयोजक अशोक चौलागाईंले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

 

नवलपुर

नवलपुरमा जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) की सचिव पदमाकुमारी अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकले यही फागुन १६ गतेदेखि २२ गतेसम्म पालिकास्तरको बैठक तथा भेला गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले मिसन ग्रासरुट अभियानमा शीरदेखि तिरसम्म पार्टी पङ्ती परिचालित हुन आग्रह गर्नुभएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरू तिलक महत, भुपेन्द्र थापा, भीम कार्की, कृष्ण पौडेल, रवीन्द्र अधिकारी, जमिन्द्रमान घलेले प्रशिक्षण दिनुभएको थियो ।

 

कपिलवस्तु

कपिलवस्तुमा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षतामा शुक्रबार (२०७९ फागुन १२ गते) सम्पन्न कार्यक्रममा केन्द्रबाट जिल्लामा खटिनुभएका पार्टी केन्द्रीय सदस्य मेनका पोख्रेल, सीता सिग्देल न्यौपाने, साजिदा सिद्धिकी, हारुन हलुवाई र पशुपति दयाल मिश्रालगायत नेताहरूको सहभागिता थियो ।

त्यस्तै, अभिमुखीकरणमा प्रदेश कमिटी, जिल्ला कमिटी, नगर कमटी तथा जनसंगठनका जिल्ला पदाधिकारी र सोभन्दा माथि तहका सबै गाउँ तथा नगरपालिकाका जनप्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा समसामायिक राजनीति, मिसन ग्रासरुटको औचित्य, जनप्रतिनिधि र पार्टीबीचको अन्तरसम्बन्ध एवम् विकास निर्माणका कार्य, सदस्यता नवीकरण तथा विस्तार, पार्टी सदस्यको दायित्व, महिला आन्दोलन र पार्टीबीचको सम्बन्ध तथा पार्टी र सामाजिक संघ–संस्थाबीचको अन्तरसम्बन्ध लगायत विषयमा अभिमुखीकरण गरिएको छ । कार्यक्रममार्फत नगरपालिका तथा गाउँपालिकाको कामबारे छलफल गरी कार्यविभाजन गरिएको छ ।

 

बर्दिया

बर्दियाको बाँसगढी नगरपालिकामा केन्द्रीय सदस्य शान्ति ढकालको उपस्थितिमा शुक्रबार मिसन ग्रासरूट सफल बनाउने विषयमा छलफल गरिएको छ । साथै अभियानमार्फत नेकपा (एमाले) लाई अझै सुदृढ बनाउन नेता तथा कार्यकर्ताहरूले आ–आफ्नो ठाउँबाट सकेसम्मको योगदान गर्न पनि अपील गरिएको छ ।

लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य समेत रहनुभएका सुन्दर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरू श्याम ढकाल, बिना ज्ञवाली, डिल्लीराज अर्याल र द्रव्य शाहलगायतको सहभागिता थियो । उहाँहरूले पार्टीको केन्द्रीय अभियान ‘मिसन ग्रासरूट’ लाई सफल बनाउन सबै तहका नेता तथा कार्यकर्ताहरू लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

कास्की

‘मिसन ग्रासरुट’ अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका कमिटीको पूर्ण बैठक बसेको छ ।

शनिबार सम्पन्न बैठकले संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत गाउँपालिकाले आफ्नो कार्ययोजना बनाएर कार्यक्रम सञ्चालन गर्ने तथा पार्टी केन्द्रले सञ्चालन गरेको मिसन ग्रासरूट अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य राजिव पहारी, गण्डकी प्रदेश सचिवालय सदस्यहरू दामोदर बैरागी, लीलाधर पौडेल, दीपक पौडेल, कास्की जिल्ला कमिटी उपाध्यक्ष तेजनारायण अधिकारी र सचिव बैनबहादुर अधिकारी क्षेत्रीलगायतको सहभागिता थियो । बैठक गाउँपालिका कमिटी अध्यक्ष बिवेक देवकोटाको अध्यक्षतामा बसेको थियो ।

 

प्युठान

प्युठानको स्वर्गद्वारीमा नेकपा (एमाले) नगर कमिटीले शनिबार जलुकेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य ईश्वरी जीएमको उपस्थितिमा नगर कमिटी अध्यक्ष रामप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अभिमुखीकरणमा पार्टीका प्रदेश सचिवालय सदस्य तुलसीराम शर्मा, प्रदेश सदस्यहरू नेत्रबहादुर रोका, गोमा रेग्मी, जिल्ला अध्यक्ष विजयविराज बिष्ट, उपाध्यक्ष झकबहादुर बि.क.लगायत नेताहरूको सहभागिता रहेको थियो ।

भेलाले यही फागुन १५ गतेदेखि प्रत्येक वडा र टोलमा पार्टी र जनसंगठनको भेला र बैठक राखी सदस्यता नवीकरण तथा संगठन सुदृढीकरण तथा विस्तार अभियानलाई व्यापक ढङ्गले अघि बढाउने निर्णय गरेको छ ।

 

सुर्खेत

सुर्खेतको चिङ्गाड गाउँपालिकाले दुई वटा क्लस्टर बनाएर नेतृत्वलाई खटाउने काम गरेको छ ।

प्रदेश कमिटी सदस्य चन्द्रलाल पौडेल र रामबहादुर शाही इञ्चार्ज रहनेगरी दुई वटा क्लस्टरमा नेतृत्व विभाजन गरिएको छ । प्रदेश कमिटी सदस्य शाहीलाई वडा नं. १, २, ३ र पौडेललाई वडा नं. ४, ५, ६ को जिम्मेवारी पार्टीले तोकेको छ ।

जिल्ला कमिटी र पालिका कमिटीका नेताहरूलाई जिम्मेवारीसहित पालिकाका ६ वटै वडामा खटाएको छ ।

सुर्खेतको लेकबेसी नगर कमिटीको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकले फागुन १४ गतेदेखि १८ गतेसम्म सबै वडा कमिटीको बैठक सम्पन्न गरिसक्ने, १९ गते युवा र महिलाको अधिवेशन सम्पन्न गर्ने, २० गतेदेखि चैत ३ गतेसम्म ४२ वटा टोल कमिटी गठन÷ पुनर्गठन गर्ने, चैत ४ गते बाँकी जनसंगठनहरूको भेला गर्ने, चैत ५ गतेदेखि १० गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको छ ।