प्रदेश १

प्रदेश नम्बर १ मा नेकपा (एमाले) नेतृत्वका सरकारहरुको पूर्ण विवरण

सङ्घीयता कार्यान्वयनका अनुभव र कामहरु

नेपालको इतिहासमा पहिलोपटक संविधान सभाबाट जारी भएको संविधान, त्यस सभाको एक सक्रिय सभासद् र जारी संविधानको एक हस्ताक्षरकर्ता हुनुको नाताले संविधान र सङ्घीयता कार्यन्वयनको दायित्व आफ्नो का“धमा त्यत्तिकै छदै थियो । स“गस“गै संविधानसभाबाट संविधान जारी भएलगत्तै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्रीको हैसियतमा साढे नौ महिना काम गरेको अनुभव र प्राप्त सफलतापश्चात् मैले आफूलाई संविधान र सङ्घीयता कार्यान्वयनको एक सदस्य मात्र होइन कि आफू सङ्घीय संरचनाको एउटा महŒवपूर्ण पिलरका रूपमा काम गर्न, नेतृत्व गर्न र भूमिका खेल्न योग्य भएको ठानेर प्रदेश १ को मुख्यमन्त्रीका रूपमा प्रस्तुत गर्ने ठहरका साथ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीसहित पार्टीका बरिष्ठ नेताहरूस“ग चुनाब हुनुभन्दा झन्डै १० महिनाअगावै परामर्श गरेको थिए“ । त्यतिबेला नै मैले ‘ग्रिन’ सिग्नल पाएको थिए र सोहीबमोजिम म अघि बढेको थिए“ । सायद मै एकजना थिए“, जसले निर्वाचनमा पर्चा, पोस्टरसहितका सबै प्रचार सामग्री मुख्यमन्त्रीका नाममा बनायो, गीतहरू बनायो, बजायो, मुख्यमन्त्री हुनकै लागि भाषण ग¥यो, मत माग्यो । यसरी म आफ्नो प्रतिद्वन्द्वीभन्दा झन्डै १५ हजारको मतान्तरले निर्वाचित भएको थिए ।