detail-img

पार्टीको हितविपरीत अभिव्यक्ति दिने नेताहरूसँग स्पष्टिकरण सोधिने 

६ कात्तिक (२०८१), काठमाडौं । नेकपा (एमाले)ले पार्टीको हितविपरीत अभिव्यक्ति दिने नेताहरूसँग स्पष्टिकरण सोध्ने भएको छ । 
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार (कात्तिक ४ गते) बसेको पार्टीको केन्द्रीय सचिवालयको ३९औं बैठकले उक्त निर्णय गरेको हो । 
बैठकमा पार्टीको हित विपरीत अभिव्यक्ति दिने नेताहरूको विषयमा छलफल गरी स्पष्टीकरण सोध्ने निर्णय गरिएको र स्थायी कमिटी सदस्य बिन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना, पूर्व उपाध्यक्ष तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो । बैठकले विभिन्न सममायिक विषयमा छलफल गरी निर्णय गरेको छ ।