२२ पुस (२०८१), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा दोस्रो दिन पनि जारी रह्यो ।
आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटीका सदस्यहरूले आ–आफ्नो राय राख्नुभएको छ । यसरी राय राख्नेहरूमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरू कृष्णबहादुर केसी, डा. सूर्य पाठक, मनोहर पौडेल, पदम गिरी, जमिन्द्रमान घले, नवराज शर्मा, नरदेवी पुन, राजीव पहारी, भगवती न्यौपाने, गोविन्दबहादुर नेपाली, मञ्जु चालिसे, सीमा क्षेत्री, कृष्ण पौडेल र कृष्ण थापा हुनुहुन्छ ।
त्यस्तै, बग्मतीबाट निर्मल भट्टराई, कृष्णभक्त पोखरेल, धर्मदत्त देवकोटा, कपिलदेव पोखरेल, रुपनारायण श्रेष्ठ, जगन्नाथ थपलिया, बाबुराम थापा, नारायण सिलवाल, पेम्बा लामा, खेम लोहनी, गीता कार्की, सरिता न्यौपाने, सोम मिश्र, पार्वती रावल, नवीना लामा, रचना खड्का, कैलाश ढुंगेल, भारती पाठक, डा. पे्रम दंगाल, माधव ढुंगेल, टंक कार्की, शर्मिला कार्की र गोविन्द दुलाल हुनुहुन्छ । मधेश प्रदेशबाट दिवाकर देवकोटा, गंगा यादव, रामरति राम, रामऔतार यादव, प्रभु हजारा, अरविन्द सिंह, कुन्दन कुसवाह, अजय गुप्ता, सरिता गिरी यादव, चन्द्रेश्वर मण्डल र सञ्जीवकुमार झा हुनुहुन्छ ।
कोशी प्रदेशबाट भगवती चौधरी, खगेन्द्र राई, युवराज बास्कोटा, रामलाल साह, टंक आङ्बोहाङ्ग, लक्ष्मी गौतम, किशोर अधिकारी, अईन्द्रसुन्दर नेम्वाङ, राम राना, पर्शुराम अधिकारी, उषाकला राई, जगदीश कुशियत, घनश्याम खतिवडा, मञ्जु भण्डारी, श्रीप्रसाद जबेगू र अम्बिका थापा हुनुहुन्छ ।
त्यसैगरी विभिन्न कार्यक्षेत्रबाट हरदेव जोशी, लालबहादुर थापा, आशा विक, रञ्जना सरकार, सीता गिरी ओली, ममता गिरी, रमेश पौडेल, बिना श्रेष्ठ, सीता लामा, पे्रमकुमार पराजुली, सरस्वती बस्नेत, कल्पना थापा, ईन्द्र भण्डारी, श्यामकुमार बस्नेत, राजेन्द्रसिं रावल, निरुदेवी पाल, नारदमुनी राना, गणेश ठगुन्ना र भैरवसुन्दर श्रेष्ठ हुनुहुन्छ । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ । पोलिट्ब्युरो र स्थायी कमिटीका सदस्यले आफ्नो राय राख्न बाँकी छ ।
केन्द्रीय कमिटीका सदस्यहरूले आफ्नो विचार राख्नेक्रममा सरकारलाई प्रभावकारी र परिणाममुखी बनाउन, सुशासन र सेवाप्रवाहमा जोड दिन सुझाव दिएका छन् ।
त्यसैगरी पार्टीलाई प्रभावकारी, जनआधारित बनाउन सबै नेताहरुलाई पार्टी काममा केन्द्रित गर्नुपर्ने, कार्यकर्ता र जनताका गुनासोहरूलाई सम्बन्धित ठाउँमै गएर सुन्न, समाधान गर्न विशेष जोड दिएका छन् ।