detail-img

नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छः प्रधानमन्त्री ओली

२० मङ्सिर (२०८१), काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ ।      
जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको र त्यसबाट नेपाललाई लाभ हुने बताउनुभयो । 
‘भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) अन्तर्गत विभिन्न परियोजनाहरुको सम्झौता भएको छ, जुन सम्झौताबाट नेपालले अधिकतम लाभ लिन सक्नेछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– हरेक परियोजनाअन्तर्गत पछि छुट्टै छलफल र सम्झौता गर्छौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीको स्वागतमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।      
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे १४ बुँदे प्रेस नोट जारी गर्नुभएको छ ।
चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा मङ्सिर १७ गते चीन प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओलीले आज स्वदेश फर्कनुभएपछि प्रेस नोट जारी गर्दै भ्रमणका बारेमा जानकारी गराउनुभएको हो ।
प्रेस नोट यस प्रकार छः
सञ्चारकर्मी  मित्रहरू,
१.मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री (Premier of the State Council) महामहिम लि छियाङ (H.E. Li Qiang) को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी मैले २०८१ मङ्सिर १७ देखि २० (तदनुसार सन् २०२४ डिसेम्बर २–५) सम्म चीनको ४ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएको छु । 
२.मेरो यस भ्रमण र प्राप्त उपलब्धिहरूका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास, बेइजिङबाट जारी भएका प्रेस विज्ञप्ति एवं भ्रमण टोलीमा रहनुभएका सञ्चारकर्मी मित्रहरूबाट सम्प्रेषण भएका समाचारहरूबाट यहाँहरूले जानकारी प्राप्त गर्नुभएकै छ ।
३.यस भ्रमणका क्रममा मैले चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङ (H.E. Xi Jinping) सँग भेट गरी दुईपक्षीय हितका विविध विषयहरूमा छलफल गरेँ । मैले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल र चीनका प्रधानमन्त्री (Premier of the State Council) महामहिम लि छियाङ (H.E. Li Qiang)ले नेतृत्व गर्नुभएको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता (Bilateral Talks) सम्पन्न भयो । उक्त वार्ताका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयामहरूमा घनीभूत र हार्दिकतापूर्ण छलफल भयो । त्यसै गरी, चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष (Chairman of the Standing Committee of the National People’s Congress) महामहिम श्री चाओ लुची (H.E. Mr. Zhao Leji) सँग पनि मेरो भेटघाट तथा छलफल भयो ।
४.बुद्धिजीवी, प्राध्यापक, विद्यार्थी तथा प्रबुद्ध वर्गहरूको उपस्थितिमा बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजना गरिएको एक प्राज्ञिक कार्यक्रममा मैले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेँ । (उक्त सम्बोधन परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखिएको छ ।)
५.नेपाली राजदूतावास, बेइजिङ, चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद् (China Council for Promotion of International Trade- CCPIT) र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा आयोजना गरेको नेपाल–चीन बिजनेस फोरम (Nepal-China Business Forum) लाई पनि मैले सम्बोधन गरेँ । उक्त अवसरमा नेपालको पर्यटकीय आकर्षण र लगानीको सम्भावनाको चर्चा गर्दै चिनियाँ जनतालाई नेपाल भ्रमण गर्न र नेपालमा लगानी गर्न आह्वान गरेको छु ।
६.बेइजिङस्थित नेपाली राजदूतावासले म र मेरो प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएँ । सो अवसरमा चीनमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र चिनियाँ मित्रहरूसँग मेरो सम्वाद भयो ।
७.भ्रमणका अवसरमा नेपाल र चीनबीच निम्नानुसार सम्झौता र समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
१) बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क (Nepal-China Business Forum) 
२)टोखा–छहरे सुरुङमार्ग (Tokha-Chhahare Tunnel) सम्बन्धी पत्र आदान–प्रदान (Letter of Exchange)

३)नेपाल–चीन व्यापार अभिवृद्धि (Nepal-China Trade Promotion) सम्बन्धी समझदारी पत्र
४)नौतले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदान–प्रदान
५)Thermally Processed Buffalo Meat निर्यातसम्बन्धी प्रोटोकल
६)विकास योजना(Development Plan 2025-2029) सम्बन्धी समझदारी पत्र
७)आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्र (Agreement on Economic and Technical Cooperation)

८)नगद सहयोगसम्बन्धी पत्र आदान–प्रदान (Letter of Exchange on Cash Assistance)

९)स्वयंसेवी चिनियाँ भाषा शिक्षक (Volunteer Chinese Language Teachers) सम्बन्धी समझदारी पत्र
१०) नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूह (China Media Group) बीच सञ्चार प्रविधि (Media Technology) सम्बन्धी समझदारी पत्र ।
यी सम्झौता /समझदारी पत्रले नेपाल र चीनबीचको आर्थिक सहयोग र विकास साझेदारीलाई थप गति प्रदान गर्ने विश्वास लिएको छु । 
८)चीन सरकारका तर्फबाट वि.सं. २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब ने. रू. २ अर्ब ७० करोड)का अतिरिक्त राष्ट्रपति सी चिनफिङद्वारा थप अनुदान च्ःद्य ५०० मिलियन (करिब ने.रू. ९ अर्ब ३४ करोड) घोषणा भएको छ ।
९)भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति ९व्यष्लत क्तबतझभलत० जारी गरिएको छ । उक्त विज्ञप्तिमा दुई देशबीच विगतमा भएका सहमति, समझदारी तथा निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्नुका साथै नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजाने भावी कार्यदिशा समावेश गरिएको छ । (उक्त संयुक्त विज्ञप्ति परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखिएको छ ।)
१०)यस पटक हामीले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्जाल ९ऋयललभअतष्खष्तथ०, पूर्वाधार निर्माण, कृषि, ऊर्जा, वाणिज्यलगायत क्षेत्रका केही महत्वपूर्ण विकास परियोजनाहरू अघि सारेका छौं । यसमा आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको छु । 
११)मेरो भ्रमण दलमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, मेरा मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सङ्घीय संसदका माननीय सदस्यहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र सञ्चारकर्मी मित्रहरू सहभागी हुनुभएको थियो ।
१२)यस भ्रमणका क्रममा जनवादी गणतन्त्र चीन सरकारका तर्फबाट म तथा मेरो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि चीनका महामहिम राष्ट्रपति, महामहिम प्रधानमन्त्री तथा उच्च नेतृत्व र चिनियाँ जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
१३)यस भ्रमणका विषयमा तपाईंहरूले निरन्तर समाचार सम्प्रेषण गरेर आमजनतालाई सुसूचित गर्न पुर्याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
१४)मेरो भ्रमणलाई सफल र सार्थक बनाउन योगदान पुर्याउने सबैमा हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद