detail-img

बझाङ–१ को प्रदेश सभा सदस्यमा एमाले उम्मेदवार भण्डारी विजयी 

१७ बैशाख(२०८१), बझाङ । बझाङ–१ मा प्रदेशसभा सदस्यका लागि भएकोे उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ । भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गर्नुभएको हो ।
उहाँले ११ हजार ६१२ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभयो । यस्तै माओवादीका जनक बुढाले तीन हजार ९६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ५१३ मत प्राप्त गर्नुभएको छ ।
२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।