detail-img

आज केन्द्रीय विभागहरूको संयुक्त भेला

२९ असार (२०८२), काठमाडौं । नेकपा (एमाले)ले आज केन्द्रीय विभागहरूको संयुक्त भेला आयोजना गरेको छ । 
पार्टीको  आगामी भदौ २०–२२ सम्म  आयोजना गरिने दोस्रो विधान महाधिवेशन र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकका सन्दर्भमा भेला आयोजना गरिएको हो । 
दिउँसो ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुखहरू, सचिवहरू र सदस्यहरूको उपस्थिति अनिवार्य रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताउनुभयो ।