detail-img

जनताको सेवामा थप प्रभावकारी काम गर्न सरकार लागिपरेको छः मन्त्री गुरुङ

२८ चैत (२०८१), सिन्धुपाल्चोक । नेकपा (एमाले)का उपमहासचिव, सञ्चार तथा सूचना  प्रविधिमन्त्री  पृथ्वीसुब्बा गुरुङले जनताको सेवामा थप प्रभावकारी काम हुनेगरी सरकार लागिपरेको बताउनुभएको छ ।
बुधबार यहाँ आयोजित नेकपा (एमाले) जुगल गाउँपालिका कमिटीको दोस्रो पालिका अधिवेशन उद्घाटन समारोहमा उहाँले अब कुनै पनि सरकारी निकायमा पुगेको ‘फाइल’ एक साताभित्र टुङ्गो लाग्ने गरी सुनिश्चित गर्न सरकारले आवश्यक प्रबन्ध मिलाएको बताउनुभयो ।
उपमहासचिव गुरुङले भन्नुभयो– सरकार नागरिकको सेवामा तत्पर छ । समृद्धिको यात्रामा निरन्तर अघि बढिरहेका छौँ । नागरिकको प्रतिव्यक्ति आय वृद्धि गर्न सरकार आवश्यक काम गर्छ ।
नेकपा (एमाले) जुगल गाउँपालिका अध्यक्ष छिरिङ लामाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पार्टीका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्यूरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्यहरू सरेश नेपाल, सुवास कर्माचार्य, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, नेता अमानसिं तामाङलगायतले सम्बोधन गर्नुभएको थियो । अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने छ ।